दैलेख : दैलेखको दुल्लु नगरपालिका– ३ स्यालमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जुम्ला गुठिचौर गाउँपालिका– ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र जिपमा सवार सोही ठाउँका २७ वर्षीया राज्यलक्ष्मी न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिपको ब्रेक फेल भएर सडकदेखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies