२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जनता माविका अध्यक्ष अन्सारीले दिए राजीनामा

Nada
२०८२ जेठ २४ गते ११:५८
Shares
जनता माविका अध्यक्ष अन्सारीले दिए राजीनामा

रौतहटः रौतहटको कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नसरुदिन अन्सारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार नगरपालिकाको प्राङ्गणमा उनले ओपचारीक रुपमा आफ्नो पदबाट शिक्षा शाखाका प्रतिनिधि समक्ष राजीनामा दिएका हुन् ।

ncell

उनले आफूले करिब दुई वर्षे कार्यकाल इमानदारीपूर्वक पुरा गरेपछि पटक–पटक नयाँ समिति गठनका लागि आग्रह गर्दा पनि नगरपालिकाको उदासीनता र बालबालिकाको भविष्यप्रति देखिएको लापरवाहीले गम्भीर चिन्ता उत्पन्न भएको उल्लेख गर्दै आफ्नो राजीनामा पत्र बुझाएका बताए  ।

पदीय जिम्मेवारीमा बसेर विधार्थीहरुको हकहितमा काम गर्ने वातावरण नभएपछि आफूले समितिबाट अलग हुने निर्णय गरेका अन्सारीले बताए  । उनले भने, ‘मैले चुनावी प्रक्रिया सहज होस् भनेर मैले राजीनामा दिएको हुँ ।’ 

अन्सारीको अध्यक्षतामा विद्यालयमा उल्लेखनीय विकासका कार्यहरू सम्पन्न भएको स्थानीयहरु बताउँछन् । अन्सारीले पनि आफ्नो कार्यकालमा विद्यालयको चारकोठे/दुईतले भवन निर्माण, विद्यालयमा सीसीटीभी जडान, प्राविधिक ल्याब तथा थप कम्प्युटर व्यवस्थापन, विद्यार्थीहरूको डिजिटल आइडी कार्ड निर्माण, विद्यालय प्रांगणमा सौन्दर्यकरणका लागि वृक्षारोपण, पोशाक व्यवस्थापन, सवारी साधन पार्किङ निर्माण, बाउण्ड्री वाल, फलामे बार तथा थप चारकोठे भवनको शिलान्यास जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएको दावी गरे ।

सम्बन्धित खबर