२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

राजपुरको मुस्लिम समुदायले मनायो ईदुल अदहा 

shivam cement
२०८२ जेठ २४ गते १४:०८
Shares
राजपुरको मुस्लिम समुदायले मनायो ईदुल अदहा 

रौतहटः रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर–३ को मुस्लिम समुदायले इस्लाम धर्मको एक महत्वपूर्ण चाड ईदुल अदहा (बकर ईद) धार्मिक श्रद्धा र उत्साहका साथ मनाएको छ ।

ईदुल अदहाको अवसरमा स्थानीय मुस्लिम समुदायका नागरिकहरू बिहानै नजिकको मस्जिदमा भेला इई विशेष भए नमाज पढेका थिए। नमाज पछि परम्पराअनुसार बाख्रा, राँगा लगायतका जनावरहरूको धर्मसम्मत तरिकाले बलि दिइएको थियो।

बलि दिइएको मासु तीन भागमा बाँड्ने इस्लामीहरुको प्रचलन छ । जसको एक भाग आफन्तहरूलाई, एक भाग विपन्न तथा गरीबहरूलाई र एक भाग आफ्नै परिवारका लागि राखिने मौलाना मोहम्मद जाकिर हुसैनले बताए ।

उनले समुदायमा आपसी सद्भाव, सहयोग र धार्मिक सहिष्णुता झल्किने गरी चाड मनाइएको बताएका छन् ।

सम्बन्धित खबर