बिष्णु कुमारी घिमिरे/मध्यान्ह
झापा : झापाको हल्दिवारी गाउँपालिकामा थप १९ जनामा कोरोना संक्रमण देखापरेको छ । कोभिड - १९ को दोस्रो लहरसंगै हल्दिवारी गाउँपालिका जोखिमको पहिलो सूचीमा रहेको स्वास्थ्य शाखा प्रमुख तथा फोकल पर्सन पुष्कर निरौलाले बताए ।
मंगलबार देखापरेकामध्य ४ जनाको एन्टिजिन परीक्षण पोजेटिभ देखिएको र १५ जनाको पिसिआर पोजेटिभ देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिड - १९ को दोश्रो लहर शुरुभएसंगै आज जेठ ४ गतेसम्म ११९ जनामा कोरोना संक्रमण देखिएको छ।
मंगलबार थपिएका संक्रमितहरुमध्ये वडा नम्बर १ मा ७ जना , २ मा ५ जना , ४ मा ५ जना र वडा नम्बर ५ मा २ जना रहेको स्वास्थ्य शाखा हल्दिवारीले जनाएको छ । यस्तै अस्पताल आइशोलेशनमा जना, निको हुनेमा २८ जना र होम आइशोलेसमा ८८ जना रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies