२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा राजेन्द्र महतो सम्मानित

Nada
२०८२ जेठ २४ गते २२:११
Shares
मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा राजेन्द्र महतो सम्मानित

दोहा (कतार)  : मधेश प्रदेश समन्वय परिषद् कतारले नेता राजेन्द्र महतोलाई सम्मान गरेको छ । 

ncell

अमेरिकाको एक सम्मेलनमा सहभागी भइ नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाटका लागि आएका महतो मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा सम्मानित भएका हुन् । 

इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद–उल–अज्हा) को शुभकामना आदान–प्रदान कार्यक्रममा  सम्मानित प्रमुख अतिथि महतोलाई मधेश प्रदेश नामाकितका लागि विशेष योगदानका साथै अहम् भूमिका निर्वाह गरेको भन्दै दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपछि बोल्दै महतोले मधेशको विकासमा प्रवासी नेपालीहरूको विशेष योगदान रहेको बताउँदै नेपालको विकास गर्न सके मधेशको स्वतः विकास हुने बताए । 

परिषद्का अध्यक्ष नियाज शेखको सभाध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै सेखले समुन्नत मधेश बनाउन मदेशका मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन पहल गर्न आग्रह गरेका थिए । 

सम्बन्धित खबर