२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका असई राजवंशीको मृत्यु

मध्यान्ह
२०८२ जेठ २५ गते ०९:२१
मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका असई राजवंशीको मृत्यु

काठमाडौँ : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षक (सई) को मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका-४ बस्ने ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ ७:५५ बजे कमल गाउँपालिका-३ स्थित सानो केर्खामा उनी सवार प्र १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । उपचारको क्रममा राती ९:१० बजे मृत्यु भएको हो । 

उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनी हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत थिए ।

ADV

सम्बन्धित खबर