२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

shivam cement
२०८२ जेठ २५ गते १८:५५
Shares
विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बसेको थियो ।

तर बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए ।

बैठक भोलि दिउँसो २ बजे बस्ने छ ।

सम्बन्धित खबर