२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

विश्वकप क्रिकेट लिग-२: नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

shivam cement
२०८२ जेठ २७ गते ०७:१४
Shares
विश्वकप क्रिकेट लिग-२: नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ  : आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एक दिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । चौथो चरणको शृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।

सिरिजमा खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। 

लिग-२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ। 

ताजा खबर

सम्बन्धित खबर