काठमाडौँ : हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोशी प्रदेशका अधिकांश भू-भागमा भने मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली छ ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।