२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

मध्यान्ह
२०८२ जेठ २७ गते १४:१९
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।   


 

ADV

सम्बन्धित खबर