२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

shivam cement
मध्यान्ह
२०८२ जेठ २७ गते १६:२२
नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसम्मतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए । 

समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने समेत उनले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise