२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

एमाले प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

shivam cement
२०८२ जेठ २७ गते १८:३५
Shares
एमाले प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौंः एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औरही गाँउपालिकामा अस्पताल निर्माणमा अनियमितता  गरेको अभियोगमा सांसद ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुर धनुषा क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित एमालेका सांसद हुन् । 

आयोगका अनुसार गाँउपालिकाले १५ बेडको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेको थियो । जसमध्ये १२ करोड ३५ लाख रुपैंयाको प्रस्ताव पेश गर्ने प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी (संयुक्त उपक्रम)लाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने लुम्बिनी, डीएण्डएन जेभीलाई छनौट गरेर ठेक्का दिइएकाे हाे । 

आयोगले ठाकुरसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

सम्बन्धित खबर