२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा सांसदहरुलाई वित्तीय साक्षरता प्रदान

ADV
मध्यान्ह
२०८१ असार २६ गते २१:२३
राष्ट्रिय वाणिज्य बैंकद्वारा सांसदहरुलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले संघीय संसदका सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण दिएको छ । संघीय संसदको सहकार्य एवं विफ क्याब संस्थाको समन्वयमा बैंकले सांसदहरुलाई अभिमूखिकरण कार्यक्रम दिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङका बारेमा स्पष्ट पारे ।

कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise