२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

पत्रकार न्यौपाने सम्मानित

shivam cement
मध्यान्ह
२०८२ जेठ २७ गते २०:५६
पत्रकार न्यौपाने सम्मानित

काठमाडौं : लायन्स मल्टिपल डिष्ट्रिक ३२५ को अधिवेशनको अवसरमा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ एलबाट लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ क्लवले सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ । 

कमलादी प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष रामशरण न्यौपाने (सुशान्त)लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले सम्मान प्रदान गरिएको हो ।  

कार्यक्रममा मल्टिपल डिष्ट्रिकले १५ वटै डिष्ट्रिकका उत्कृष्ट क्लवहरुलाई ७–७ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसहित एल डिष्ट्रिकमा ७ ओटा क्लव सम्मानित भएका छन् । शुभ आरम्भले मल्टिपलबाट सर्वाधिक सर्भिस गरेवापत पहिलो पटक अवार्ड प्राप्त गरेको छ । 

दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता

लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भले तारकेश्वर–५ मा अवस्थित पृथ्वीनारायण मा.वि.का एक जना दृष्टिविहीन आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई अध्यापनको लागि छात्रवृत्ति प्रदान गर्न विद्यालयसँग सम्झौता गरेको छ । 

लायन्स क्लव शुभ आरम्भले यसअघि नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरका सामुदायिक विद्यालयहरूमा विद्यालय पोसाक, झोला र स्टेशनरी सामग्री वितरण गरिसकेको थियो । त्यस्तै केही दिनमा सिन्धुपाल्चोकमा सामुदायिक विद्यालयमा इमरजेन्सी रुम समेत बनाउने भएको छ । शुभ आरम्भले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर सामाजिक सेवामा सक्रियतापूर्वक काम गरिरहेको छ ।

लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य गोमा सुनुवारले आफ्नो जन्म दिनको अवसर पारेर यसै वर्षदेखि छात्रवृत्तिको घोषणा गरेको रकम संस्थाले पृथ्वीनारागण मा.वि.का दृष्टिविहीन विद्यार्थीलाई कक्षा २ देखि १० सम्म अध्यापन गर्दा लाग्ने स्टेशनरी, पोसाक लगायतको वार्षिक खर्चलाई हरेक वर्ष विद्यार्थीको बैंक खाता मार्फत् रकम जम्मा गर्ने गरी सम्झौता भएको छ ।

दुई पक्षिय सम्झौता पत्रमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका आजीवन सदस्य तथा स्पोनसर गोमा सुनुवार, संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठ र क्लव अध्यक्ष रामशरण न्यौपाने (सुशान्त) र छात्रवृत्ति पाउने विद्यार्थी सन्जिता माझी र विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षकहरू र लायन्सका जोन चियरपर्सन सुरेन्द्र सांघाई, क्लवका सचिव सुरज कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संस्थापक अध्यक्ष भाष्कर श्रेष्ठले गरेका थिए भने सभापतित्व क्लवका अध्यक्ष रामशरण न्यौपाने (सुशान्त) ले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise