२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार २६ गते २१:२७
अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा सम्पन्न

काठमाडौं : अपर हेवाखोला हाइड्रोपावर कम्पनीले १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ ।

साथै, सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्रप्रसाद लामीछानेलाई चयन गरेको छ । कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ । 

त्यस्तै, समीक्षामा आर्थिक वर्षकोको वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० मा शेयरधनीलाई लाभांश भने दिन सकेन । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८, चैत महिनादेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise