२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

ADV
मध्यान्ह
२०८१ असार २६ गते २१:२९
एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौं : एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन पाउने भएका छन् ।

एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरुलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत् सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

एकदमै राम्रो ब्रोड व्यान्ड कभरेज भएका क्षेत्रहरुमा पनि थुप्रै उपभोक्ताहरु क्रयशक्तिका कारणले गर्दा कहिले काहीमात्र इन्टरनेट चलाउने वाच लाउँदै नचलाउने हुन्छन् । यी खाडलहरु पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको एनसेलले जनाएको छ । 

विशेष गरी टुजी मोबाइलसेट बोक्ने ग्राहकहरुका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ । डिस्कभरले टेक्स्टमात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ ।

त्यसैगरी डेटा प्याक र डेटा चलाउनब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा रहेको एनसेलले जनाएको छ ।  यी दुवै प्रोडक्टहरुमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise