२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मध्यान्ह
२०८२ जेठ २८ गते १०:२२
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ : अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा जारी गरेको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर