२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

shivam cement
२०८२ जेठ २८ गते १०:२२
Shares
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ : अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा जारी गरेको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर