२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

मध्यान्ह
२०८२ जेठ २८ गते १६:५५
दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौंः पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । पाठकलाई पक्राउ गर्न उनको घरमा सादा पोसाकका प्रहरी खटिएको जनाइएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत सामाग्री प्रसारण गरेका थिए ।

त्यही भिडियोबारे उजुरी परेपछि उनीविरुद्ध ब्युरोले पुर्जी जारी गरी पक्राउ गर्न लागेको हो ।


 

ADV

सम्बन्धित खबर