२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

shivam cement
२०८२ जेठ २८ गते १७:३९
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाई, काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका–४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । 

पक्राउ मध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया  पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई काठमाडौं टेकुबाट र अशोकलाई काठमाडौं गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौं न्यूरोडबाट र चण्डिकालाई काठमाडौं गौशालाबाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर