२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अन्तर्राष्ट्रिय ब्युटी स्कुल आइएसएएस अब काठमाडौंमा

Nada
२०८२ जेठ २८ गते २२:००
Shares
अन्तर्राष्ट्रिय ब्युटी स्कुल आइएसएएस अब काठमाडौंमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध  ब्युटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरमा सञ्चालनमा आएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् ।

ncell

आइएसएएसमा ब्युटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिन्छ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ । 

अभिनेत्री सिवाकोटीले आइएसएएस उद्घाटन गर्दै महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरुलाई सीपमूलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउनका लागि पनि एकेडेमीले भूमिका निर्वाह गर्ने बताइन् ।

ब्युटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न शहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन यूएई’की अध्यक्ष समेत हुन् ।

साप्केको नेतृत्वमा आइएसएएसले ११ आउटलेट विस्तार गरेको छ । साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ । “हामीले अहिले स्कुल मात्रै सुरु गरेका छैनौं, महिला सशक्तीकरणका लागि पनि काम गर्दै छौं”, साप्केले भनिन्, “स्कुलले यहाँका जनशक्तिलाई विश्वस्तरीय तालिम प्रदान गरी वास्तविक करिअर छनोटका लागि पनि सहयोग गर्नेछ ।”

एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुनेछ । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

छोटा तथा लामा पाठ्यक्रमका दुवै विकल्प भएकाले विद्यालय, कलेज उत्तीर्णदेखि विदेश जान चाहने, करिअर परिवर्तन गर्ने चाहने, नयाँ उद्यम थाल्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि लक्षित गरिएको छ । तालिमले विद्यार्थीलाई युरोप, मध्यपूर्व, क्यानडा, अष्ट्रेलियालगायतका देशमा पुगेर पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो जस्ता रोजगारीका अवसरमा सहज पहुँच प्रदान गर्नेछ ।

प्राविधिक सीपसँगै आइएसएएस नेपालले सफ्ट स्किल, उच्चतम ग्राहक सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रीको ज्ञानमा पनि जोड दिने कम्पनीले जनाएको छ । सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउनेछन् ।

भक्ति साप्के स्वयं टाइम्स फ्यासन विक, फेस अफ इन्डिया, पुने फ्यासन विक लगायत ५० भन्दा बढी उच्चस्तरीय फेसन तथा ब्युटी इभेन्टमा हेयर र मेकअप आर्टिस्टका रूपमा सहभागी भइसकेकी छन् । पछिल्ला १४ वर्षमा आइएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भइ विश्वभर सफल करिअर बनाइरहेका छन् ।

साप्के कस्मोप्रोफ वर्ल्डवाइड, प्रोफेसनल ब्युटी जीसीसी, ब्युटी वर्ल्ड मिडलइष्ट जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नियमित वक्ता र निर्णायक रहिआएकी छन् । साप्केका अनुसार आइएसएएसले नेपालका सौन्दर्यप्रेमी युवा, उद्यमीहरूलाई आफ्नो प्रतिभा विश्वमा उजागर गर्न मार्गप्रदान गर्नेछ ।

सम्बन्धित खबर