२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व आवश्यक : उपप्रधानमन्त्री पौडेल

मध्यान्ह
२०८२ जेठ २९ गते ११:४३
स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व आवश्यक : उपप्रधानमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजी नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौं ? कसरी सम्भावना देशभित्रै खोजी गर्नसक्छौं ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको उनको दाबी थियो ।

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने उनले बाए ।

ADV

ताजा खबर

सम्बन्धित खबर