ओखलढुङ्गाः ओखलढुङ्गामा १७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–६ भदौरे बस्ने २० वर्षीय भुपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।