२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पचफेडा खोलामा पक्की पुल निर्माण सुरु

Nada
२०८२ जेठ २९ गते १५:४३
Shares
पचफेडा खोलामा पक्की पुल निर्माण सुरु

परासी : पश्चिम नवलपरासीको प्रतापपुर र सरावल गाउँपालिका जोड्ने पचफेडा खोलामा पक्की पुल निमार्णको काम सुरु भएको छ ।

ncell

खोलामा यातायात सञ्चालनका लागि ठूलो पुल नहुँदा सरावल र प्रतापपुरका स्थानीयलाई मुल सडकमा जोडिन समस्या थियो । वर्षाको समयमा आवातवाजत गर्न जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

यो पुल निर्माण भएपछि प्रतापपुर–४ र सरावल–७ बरगदवा जोडिने प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

१५ मिटर लामो पुल २०८३ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्न ईश्वर त्रिरतन जेभीले १ करोड ४० लाखमा निमार्णको जिम्मा लिएको हो । वर्षामा पुलमाथिबाट खोला बग्ने हुँदा स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो ।
 

सम्बन्धित खबर