२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

Nada
२०८२ जेठ ३० गते ०८:०९
Shares
आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षणका लागि आज ‘धर्मपथ महोत्सव’ आयोजना गर्दै छ । महानगरको वडा नं २३ को आयोजनामा धर्मपथमा महोत्सव गर्न लागिएको हो ।

ncell

विशेषगरी वडाभित्रका मौलिक चालचलन, रहनसहन, वाद्यबादन, गायन, नृत्यलगायत गुथि, खच, पुचले परम्पराका रूपमा मानेका, आफ्नै प्रयत्नले पनि धानेका सम्पदाको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । 

“गुथिले नियमित चलाएका चलनसँगै यस्ता अमूर्त सम्पदाको संरक्षणका लागि वडाको सहयोगमा सांस्कृतिक प्रशिक्षण सञ्चालन भएका छन् । प्रशिक्षणबाट बादन, गायन, नृत्यलगायत सीप प्रदान भएको छ । मेलामा यी सीप प्रदर्शन हुनेछन”,  महर्जन भन्छन्, “स्थानीय उत्पादन वृद्धिका लागि वडाले प्रदान गरेको सीपमूलक तथा व्यावसायिक तालिमबाट उत्पादित वस्तुको बजारीकरणका लागि पनि मेला आयोजना गरिएको हो ।” 

मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, स्थानीय उत्पादनमा हस्तकला तथा परम्परागत वस्तु तथा सामानको स्टल रहने छ । दिउँसो १:०० बजेदेखि सुरु गरिने मेलाअन्तर्गत अपराह्न ४:३० देखि ६:०० बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारको प्रस्तुति रहने छ । त्यसपछि कुटुम्ब व्याण्डले प्रस्तुति दिने कार्यतालिका रहेको वडाध्यक्ष महर्जनको जानकारी दिए।  

मेलाबाट वडाभित्रका अमूर्त सांस्कृतिक सम्पदाको पुस्तान्तरणमा सहयोग हुने, मौलिकता पहिचान प्रवर्द्धन हुने, स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा योगदान हुने, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको वडाध्यक्ष महर्जनको भनाइ छ । मेला गत चैतमा कामपाकै वडा नम्बर १५ ले पनि आयोजना गरिसकेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर