२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अपराध रोकथाम र न्यूनीकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

Nada
२०८२ जेठ ३० गते ११:११
Shares
अपराध रोकथाम र न्यूनीकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध रोकथाम र न्यूनीकरणमा ध्यान दिन निर्देशन दिएका छन् । 

ncell

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अपराध रोकथाम र न्यूनीकरणमा ध्यान दिन निर्देशन दिएका हुन् । उनले फौजदारी अपराधमा कानुनको कार्यान्वयन मात्र नभइ कानुनको कहाँ संशोधन गर्न आवश्यक छ त्यसमा सुझाव दिन आग्रह गरे । अपराध हुनै नपाओस् भन्नेकुरामा बढी जोड दिन आग्रह गरे । 

अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु फौजदारी अपराध यहाँनेर कानूनको कार्यान्वयनसम्बन्धी मात्रै होइन, कानूनको पनि कहाँनेर संशोधन गर्न आवश्यक छ, तपाईंहरुले त्यसमा पनि सजेस्ट गर्नु वाञ्छनीय हुन्छ । हामी अलि बढी अनुसन्धान र अभियोजनका पक्षमा बढी केन्द्रित भइरहेका छौँ । अपराध रोकथामका पक्षहरु यसैभित्र समेट्न खोज्नुभएको छ । अपराध रोकथाम, अपराध हुनै नपाओस् । त्यसका निम्ति अनुसन्धानका भित्री पक्षहरु, अपराध भइसकेपछिको अनुसन्धान र अपराध हुन नपाओस् भन्नेकुरा, निगरानी राख्ने कुरा, मान्छेहरुका रेकर्डहरु राख्नेकुरा कस्तो मान्छेको कस्तो रेकर्ड छ । के गरिरहेको छ रु अपराधतर्फ त प्रवेश भइरहेको छैन रु आदि कुराको रेकर्ड राख्यौँ भने, निगरानी गर्ने हो भने अपराध कर्म कम हुन्छ । अपराधको न्यूनीकरण र अपराधको रोकथाममा हामी जानुपर्छ ।’

ताजा खबर

सम्बन्धित खबर