२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख घिमिरे

Nada
२०८२ जेठ ३० गते १३:२५
Shares
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख घिमिरे

पाटन : सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

ncell

नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।

“अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,” सभामुख घिमिरेले भने ।

उनले अन्तरराष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरु सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले भने, “यस सम्मेलनको उद्देश्य नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र यसको विकासको प्रवृत्तिबारे जानकारी आदानप्रदान गर्नु हो, अन्तरराष्ट्रियस्तरमा भइरहेका प्रगतिबारे पनि जान्ने अवसर सिर्जना गर्नु हो । यसले नेपालमा मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउने दिशामा योगदान पुर्‍याउनेछ ।”

नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औं वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताए ।

ताजा खबर

सम्बन्धित खबर