२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरीले झन् दुःख दियो’

Nada
२०८१ असार २७ गते ११:४५
Shares
‘रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरीले झन् दुःख दियो’

काठमाडौँ : कानुनविपरीत विभिन्न सहकारीबाट रकम निकालेर गोर्खा मिडिया प्रालिमा लगानी गरेका गीतेन्द्रबाबु (जीबी) राई फरार छन् । गोर्खा मिडियामा प्रबन्धनिर्देशक रहेका रवि लामिछाने गृहमन्त्री छन् । दुबैको मिलेमतोमा सहकारीको पैसा हिनामिना भएको पीडितहरूको आरोप छ । 

ncell

सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न बनेको बिशेष समितिको छलफलमा सहभागी भएका पीडितहरूले जीबी राइ र रवि लामिछाने जोडिएकै भएर न्याय नपाउने होकी भन्ने संका व्यक्त गरेका छन् ।  सहकारी पीडितले पछिल्लो समय सरकारबाट नै सहकारी ठगीको अनुसन्धान रोकिएको भन्दै संसदीय समिमितसमक्ष आफ्ना पीडा सुनाएका थिए । 

प्रतिनिधिसभाले गठन गरेको ‘सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को बुधबारको बैठकमा विभिन्न जिल्लाबाट आएका पीडितहरूले ठगहरूलाई कारबाही गरी रगतपसिना बगाएर कमाएको बचत फिर्ता गराउन माग गरेका थिए । 

पोखरा, चितवन, बुटवलदेखि वीरगन्जसम्मका सहकारीपीडितले जीबी राईलाई पक्राउ गर्न र राजनीतिक हस्तक्षेपरहित अनुसन्धान गर्न माग गरेका छन् । गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टीभीका सञ्चालक जीबी राईलाई पक्राउ तथा तत्कालीन प्रबन्धनिर्देशक रविलाई पनि जवाफदेही बनाउनुपर्ने पीडितहरूको माग छ । रवि गृहमन्त्री भएपछि पीडितलाई प्रहरी प्रशासनले दुःख दिएको उनीहरूको आरोप थियो ।

पीडितहरूले स-सानो व्यवसायदेखि घरजग्गा बेचेर जम्मा गरेको रकम अहिले फिर्ता हुने अवस्था नआउँदा पारिवारिक समस्या बढ्दै गएको बताएका थिए । सहकारीका सञ्चालकहरूले बचत रकम प्रयोग गरी खरिद गरेको सम्पत्ति परिवार र आफन्तका नाममा लुकाएर राखेको बताउँदै पीडितहरूले छानबिनको दायरा बढाउन पनि माग गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर