२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

७ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

shivam cement
२०८२ जेठ ३१ गते १५:१९
Shares
७ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

कास्की : गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रशान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गरे। 

गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोष्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

त्यस अवसरमा प्रमुख वगेलले नेपाल-भारतबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रूपमा वर्षौदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताए । नेपालको दुर्गम गाउँका बिरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उनले बताए । 

बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताए। “विभिन्न संस्थासँग  एम्बुलेन्स माग गरेका थियौ तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन् ।”

ताजा खबर

सम्बन्धित खबर