२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

मधेशले जित्यो टीबी शाह यू–१६को उपाधि

मध्यान्ह
२०८२ जेठ ३१ गते १८:३९
मधेशले जित्यो टीबी शाह यू–१६को उपाधि

वीरेन्द्रनगर : टीबी शाह स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भएको अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो ।

कर्णालीमा पहिलो पटक भएको १६ वर्षमुनीको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा सबै विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो ।

बागमतीका लागि ओपनरद्धय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा प्रशिद्ध जैसी २५ रन बनाउँदै रन आउट भए ।
यस्तै, जवाफी ब्याटिङ उत्रिएको मधेशका लागि उपाधि दिलाउन ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए ।

नेपाल क्रिकेट संघ (क्यान)को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेशका टीमहरूको सहभागिता थियो।


 

ADV

सम्बन्धित खबर