२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मध्यान्ह
२०८२ असार १ गते १०:४१
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुर्खेत : सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। 

जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट रुकुमपश्चिमका आठबिसकोट-११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो ।

बारेकोट गाउँपालिका-८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड-७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिए । ठक्कर दिने सवारी चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ADV

सम्बन्धित खबर