२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

इजरायलका नेपालीलाई सुरक्षित र सतर्क रहन आग्रह (सूचनासहित)

मध्यान्ह
२०८२ असार १ गते १६:२५
इजरायलका नेपालीलाई सुरक्षित र सतर्क रहन आग्रह (सूचनासहित)

काठमाडौं :  इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । 

इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ । 

युद्धका कारण शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा÷भेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको हो । 

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासको आग्रह छ ।

‘इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्छौं,’ दूतावासले भनेको छ ।

ADV

सम्बन्धित खबर