२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

कतारमा अन्तर्राष्ट्रिय योगा दिवस मनाइने

तिलु शर्मा पौडेल
२०८२ असार १ गते १९:३८
कतारमा अन्तर्राष्ट्रिय योगा दिवस मनाइने

दोहा, कतार : जीवन विज्ञान कतारले ११औं अन्तर्राष्ट्रिय योगा दिवस मनाउने भएको छ । जीवन विज्ञानले आगामी शुक्रबार नेपालबाट जीवन विज्ञानका संस्थापक, आध्यात्मिक गुरुद्वय एल पी भानु शर्मा र रमेश नेपाललाई निमन्त्रणा गरी “आफ्नो भाग्य आफैं बनाउने विज्ञान" भन्ने मूल नारालाई अंगीकार गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागेको हो ।

कार्यक्रमलाई सफल बनाउन आयोजकले विभिन्न समिति तथा उपसमिति बनाइ तयारीलाई तीव्रता दिइएको जीवन विज्ञान  कतारका संयोजक रामजी खत्रीले मध्यान्ह दैनिकलाई जानकारी दिए । जीवन विज्ञानलाई ऋषि मुनीहरूका ज्ञानको भण्डार मानिने हुँदा कतारवासी सबै नेपाली कार्यक्रममा उपस्थित भइ लाभ लिन खत्रीले आग्रह गरेका छन् । कार्यक्रम शुक्रबार अल थुमामा रहेको द आर्टियुम हलमा दिउसो एक बजेबाट सुरु हुनेछ ।

जीवन विज्ञानले मानव भित्र लुकेर रहेको असीमित प्रतिभा र सम्भावनालाई सनातन आध्यात्मिक ज्ञान र आधुनिक मनोविज्ञानका नवीन प्रयोगद्वारा मानिसमा दिव्यताको खोजी गर्दछ । त्यसैले योग, ध्यान, साधना र मनोविज्ञानका गहिरा सूत्रहरूको व्यावहारिक र प्रयोगात्मक अभ्यास गर्ने थलोका रूपमा जीवन विज्ञानको विकास हुँदै गएको पाइन्छ ।

जीवन विज्ञानको मुख्य उद्देश्य भनेको मानिसहरूलाई आध्यात्मिक रूपमा बढ्न र आन्तरिक खुसी र शान्ति पाउन मद्दत गर्नु हो । जीवन विज्ञानले मानिसलाई आध्यात्मिक विकास र प्रेमले भरिएको उज्यालो भविष्य तर्फ हिँडाउन मद्दत गर्दछ भने योग, ध्यान र सजगताले मानिसहरूलाई आफ्नो वास्तविक आत्मा पत्ता लगाउन र आफूमा लुकेको क्षमता उजागर गर्न मद्दत गर्ने गर्दछ । 

ADV

सम्बन्धित खबर