२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

त्रिकोणात्मक टी-२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते ०९:४६
त्रिकोणात्मक टी-२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ : स्कटल्याण्डमा जारी रहेको त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । आज नेपाल र स्कटल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी-२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

२० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड  खेल्ने तालिका रहेको छ।

ADV

सम्बन्धित खबर

Advertise