२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

एनआईसी एसियाले जेठभित्र कर्जा भुक्तान गर्ने ग्राहकलाई जरिवानामा शतप्रतिशत छुट दिने

shivam cement
मध्यान्ह
२०८१ जेठ २३ गते १४:३०
एनआईसी एसियाले जेठभित्र कर्जा भुक्तान गर्ने ग्राहकलाई जरिवानामा शतप्रतिशत छुट दिने

काठमाडौं : एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाहरुको हकमा जेठ महिनाभित्र कर्जा भुक्तान गर्ने ग्राहकलाई जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट दिने भएको छ । 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याइएको बैंकले जनाएको छ । २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा जेठ महिनाभित्र कर्जा भुक्तान गरे शतप्रतिशत छुट पाइने बैंकले बताएको छ ।

यस्तै बैंकले साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ । जसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । त्यस्तै १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको कर्जाको साधारण ब्याज रकममा ३५ प्रतिशत छुट दिइने बैंकले बताएको छ ।

बैंकले मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने उल्लेख गरेको छ । 

यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुन:उत्थान एवम् दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

ADV

सम्बन्धित खबर

Advertise