२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ग्लोबल आइएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघ्यो

Nada
२०८१ असार २७ गते २१:०५
Shares
ग्लोबल आइएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं : ग्लोबल आइएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप पाँच खर्ब एक अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकको विश्वासलाई उजागर गरेको छ ।

ncell

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो । 

ग्लोबल आइएमई निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरु र सरोकारवालाहरुप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको पाँच खर्ब रुपैयाँ भन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभइ, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

‘निक्षेप रकम ५ खर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो, यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरु प्रदान गर्दै हाम्रा ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो, यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वसनीय बैंकिङ सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ’, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर