२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आइएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

ADV
मध्यान्ह
२०८१ असार २७ गते २१:०६
आइएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

काठमाडौं : नेपालमा मोटुल  लुब्रिकेन्ट बिक्री–वितरण शुरु गरेको ६ महिनामै आइएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ ।

नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आइएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो ।

छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भएपछि आइएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो । विश्वव्यापी रुपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ ।

मोटुल  इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको थियो, सो कन्फ्रेन्समा  भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आइएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रहेको थियो । 

आइएमई मोटर्स तथा आइएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे ।

सीईओ पुराणिकले भने, ‘सो मान्यता आइएमई इलेक्ट्रिकको सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण कार्य प्रगतिको परिणाम हो, यस्ता प्रतिष्ठित साथीहरुका बीचमा सम्मानित हुन पाउनु नै एक महत्वपूर्ण उपलब्धि हो, यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ ।’

मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आइएमई इलेक्ट्रिक टिमलाई बधाई ज्ञापन गरे । आइएमई जस्तो महत्वपूर्ण साझेदार पाएकोमा गौरवान्वित भएको तथा यसबाट थप सफलता तथा सहकार्य लामो समय चल्ने अपेक्षा सीईओ पाईले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise