२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुपर स्प्लेन्डरको माइलेज च्यालेन्ज क्याम्प घोषणा

ADV
मध्यान्ह
२०८१ असार २७ गते २१:१०
सुपर स्प्लेन्डरको माइलेज च्यालेन्ज क्याम्प घोषणा

काठमाडौं : सीजी मोटर्सले दुई पांग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्य सम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेन्डरको असार महिनामा माइलेज च्यालेन्ज क्याम्प घोषणा गरेको छ ।

आफ्ना ग्राहकहरुमाझ उत्साह ल्याउन देशका डिलरशिपहरुमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरेको थियो । हिरो मोटोकर्पका अध्यक्ष डा. बृजमोहनलाल मुञ्जालको शताब्दी जन्मजयन्ती समारोहलाई सम्मान गर्दै सो माइलेज च्यालेन्ज सञ्चालन गरेका थिए । 

माइलेज च्यालेन्जमा सीजी हिरो नेपालगन्जबाट जगदीश चौधरी, कावासोतीबाट टिकाराम कँडेल, विराटनगरबाट उपेन्द्र मुखिया, बुटवलबाट कमल पन्थी विजेता बनेका छन् । माइलेज च्यालेन्जमा सुपर स्प्लेन्डरका लोयल ग्राहकहरुले आफ्ना सवारी साधनहरुको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए ।

सहभागीहरुले सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्यांकलाई प्रमाणित गर्ने शुरु र अन्त्य बिन्दुहरु, इन्धन खपत र यात्रा गरेको दुरीलगायत आफ्नो यात्राहरु ट्रयाक गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise