२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

अमरेश सिंहले ५ जिल्लाबाहेक अरु विदेशीलाई दिउँ भनेपछि...

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते १२:१३
अमरेश सिंहले ५ जिल्लाबाहेक अरु विदेशीलाई दिउँ भनेपछि...

काठमाडौं : प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाए । साथै, उनले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताए ।

सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ति जनाए । बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे ।

उनले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताए ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

सोपश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवालजवाफ चलेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise