२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

सांसद साहको आरोप- 'सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्‍यो'

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते १२:३८
सांसद साहको आरोप- 'सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्‍यो'

काठमाडौं : आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाएका हुन् ।

उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उनको भनाइ छ । सांसद शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्बन गरेको समेत आरोप लगाए ।

उनले भने, ‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिंग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पदान महंगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालका पुँजीहरुको जगेर्ना गर्नुपर्थ्यो । सरकराले उद्योगीहरुलाई बचाउनुपर्थ्यो । तर नेपालका पुँजी विदेशमा लैजाने र पुँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौं । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’

उनले सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको समेत टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise