२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गगनको प्रस्ताव- तीन दशकयता पार्टीबाट सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं

Nada
२०८२ असार ८ गते १५:३९
Shares
गगनको प्रस्ताव- तीन दशकयता पार्टीबाट सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन् ।

ncell

आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्नुपर्ने बताएका हुन् ।

भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी)को भरोसा जित्न नसकिने उनको भनाइ छ । उनले कनैपनि दलप्रति पूर्वाग्रही नभएको  व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने बताए ।

उनले छानबिनका क्रममा ज-जसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसके मात्र जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गरे । उनले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गरे । 

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरुलाई परिवारका लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उनको जिकिर छ ।

ताजा खबर

सम्बन्धित खबर