२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते १५:०९
विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं : नेकपा एमालेले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भइ प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

नेपाल सरकारद्वारा गत जेठ १५ गते संघीय संसदमा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise