२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

भारतका पूर्वउपराष्ट्रपति नायडूसँग रास्वपा सांसदको भेट

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते १५:३७
भारतका पूर्वउपराष्ट्रपति नायडूसँग रास्वपा सांसदको भेट

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सोबिता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटघाट गरेका छन् । भारतको राजधानी नयाँदिल्ली भ्रमणमा रहेका बेला सांसदद्वय गौतम र ढकालले आइतबार भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।

भारतका पूर्वउपराष्ट्रपति नायडू भारतीय जनता पार्टीका नेता हुन् । नायडू सन् २००२ देखि २००४ सम्म भाजपाका अध्यक्ष पनि थिए ।
प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा सभामा सहभागी हुन भारत गएका बेला रास्वपाका सांसदद्वयले आइतबार नायडूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र भारतको जनताबीचको सम्बन्धबारे छलफल भएको सांसद गौतमले जानकारी दिइन् । ‘भेटमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू छलफल भयो’, उनले भनिन् । 

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गराएको सांसद गौतमले बताइन् ।

भेटवार्ताले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास रहेको सांसद गौतमको भनाइ छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise