२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एमालेको गैरजिम्मेवार शैली

ADV
२०८१ असार २८ गते ०६:५०
एमालेको गैरजिम्मेवार शैली

नयाँ सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेका नेता–कार्यकर्तामा ठूलै उत्साह देखिन्छ । प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसकै समर्थनमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न लागेकाले उत्साह स्वभाविक देखिन्छ । अझ साना दलहरु जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्तिले समेत समर्थन गर्ने भएकाले ओलीको नेतृत्वमा बलियो सरकार बन्दैछ । तसर्थ एमाले पंक्तिको उत्साह स्वभाविक हो । अरु दलहरु भन्दा व्यवस्थित र बलियो संगठन रहेको पार्टीमा उत्साह आउनुले समाजमा ठूलै अर्थ राख्छ । अझ कांग्रेसकै समर्थन भनेपछि मुलुकको विशाल पंक्तिको समर्थन यो सरकारले पाउँदैछ । तर तिनै बलियो संगठनात्मक शक्तिलाई एमालेले नयाँ सरकारको समर्थनमा भन्दा पनि ओलीलाई आलोचना गर्र्नेहरुविरुद्ध परिचालन गरेको देखिन्छ । 

पार्टी नेतृत्वको आलोचना गर्नेविरुद्ध खनिनु एमाले पंक्तिको परिचय नै बनिसकेको छ । अहिले एमालेको ठूलो पंक्ति राजधानी शहर काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध खनिएको देखिन्छ । किनकि मेयर बालेनले एमाले अध्यक्ष ओलीको आलोचना गरिरहेका छन् । हरेकजसो समस्यालाई बालेनले ओलीको कमजोरीसँग तुलना गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्छन् । विशेषगरी गिरीबन्धु जग्गासँग जोडेर ओलीको आलोचना बालेनको नियमित क्रियाजस्तो बनिरहेको छ । एउटा महानगरका मेयरले गरिरहेको यस्तो कार्यले उनीमाथि समेत प्रश्न उठ्न सक्छ । किनकि उनी मेयर हुन्, मुलुकको प्रधानमन्त्री अथवा कुनै दलको नेता होइनन् । यद्यपि मुलुकको राजनीतिक विषयमा चासो राख्ने अधिकार संविधानतः हरेक नागरिकलाई छ । तसर्थ राजनीतिक विषयमा चासो राख्नु बालेनको पनि स्वभाविक हक हो । तर विगतका घटनाक्रम हेर्दा उनी एमाले नेतृत्वविरुद्ध खनिएको प्रष्ट हुन्छ । 

तर एमालेले पनि एउटा पंक्ति नै बालेनविरुद्ध परिचालित गरेको लुक्दैन । यसरी एउटा जिम्मेवार दलले एउटा मेयरलाई कमजोर पार्ने खेलमा अल्मलिन राम्रो होइन । अझ एमाले भनेको मुलुकको भावी नेतृत्वकर्ता दल समेत हो । राजनीतिक संस्कृति कस्तो निर्माण गर्ने, नेतृत्वको निर्माण कसरी गर्ने र मुलुकको लोकतान्त्रिक अभ्यास कसरी सञ्चालन गर्ने भन्ने मानक निर्माण गर्ने दायित्व एमालेको काँधमा छ । तर त्यस्तो जिम्मेवार दलले एउटा गैरदलीय मेयरविरुद्ध लाग्नु राम्रो होइन । बरु बालेन सहित सबै स्थानीय तहका प्रमुखहरुसँग राम्रो समन्वय निर्माण गर्नु आवश्यक छ । सातै प्रदेशका सरकारहरुसँग साझेदारी गर्नुपर्छ । अतः नेतृत्वको आलोचना गरे भन्दैमा बालेनविरुद्ध खनिनु राम्रो होइन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise