२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

shivam cement
२०८२ असार ११ गते १५:३६
Shares
दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन्।  

प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही समय अगाडि राजीनमा दिएका हुन् ।

विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएको बताइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले दीपेन्द्रको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए ।

उनी सन् २०१६ देखि प्रहरी सेवामा थिए । २०८० असोजमा उनी प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए । 

चीनमा सम्पन्न १९औं एसियन गेन्समा टी-२० क्रिकेटमा ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर