२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

उपनिर्वाचनको मिति तोक्ने आयोगको तयारी, मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते १२:४३
उपनिर्वाचनको मिति तोक्ने आयोगको तयारी, मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधारणमा आह्वान गरेको छ ।

२०७९ सालमा सम्पन्न विभिन्न तहका निर्वाचनहरूपछाडि विविध कारणले रिक्त भएका प्रदेशसभा तथा स्थानीय तहका पदहरूमा उपनिर्वाचन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।

यही कारण आयोगले नाम दर्ता गर्न छुट भएका योग्य नागरिकहरूलाई अविलम्ब मतदाता नामावलीमा नाम समावेश गराउन अनुरोध गरेको हो । 

निर्वाचन आयोगले देशभरका सम्बन्धित कार्यालयहरूबाट मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको जानकारी पनि दिएको छ ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ । स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise