२०८२ असार १३ गते शुक्रवार / Jun 27 , 2025 , Friday
२०८२ असार १३ गते शुक्रवार
Ads

कांग्रेस र एमालेबीच असमझदारी देखिनु सामान्य : देउवा

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते १२:२८
कांग्रेस र एमालेबीच असमझदारी देखिनु सामान्य : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असमझदारी देखिनु सामान्य विषय भएको बताएका छन् ।

चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताए ।

उनले केही विषयमा असमझदारी भए पनि सरकार भने आपसी सहमतिअनुसार नै अघि बढेको जानकारी दिए ।

सभापति देउवाले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको जिकिर गरे ।

कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्दै सभापति देउवाले विधान अनुसार हुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise