२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन

Nada
२०८२ असार १३ गते १३:१७
Shares
रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।

ncell

रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यबाद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ । 

ताजा खबर

सम्बन्धित खबर