२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

shivam cement
मध्यान्ह
२०८२ असार १३ गते १७:३९
जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता लिइएको जानकारी दिइन् ।

काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको व्यहोरासहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएकी हुन् ।

साथै उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेकी छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise