२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

लागुऔषधसहित ३ जना पक्राउ

shivam cement
नविन श्रेष्ठ
२०८२ असार १३ गते २१:०५
लागुऔषधसहित ३ जना पक्राउ

सिन्धुली : सिन्धुलीमा ३ लाख ३८ हजार ४ सय ३ रुपैयाँ बराबरको लागुऔषध ट्रामाडोल र नाइट्राभेटसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय भिमानले बर्दिवासबाट काठमाडौंतर्फ जाँदै गरेको इभी भ्यान म.प्र.०४–००१ज०१५५ मा चेक जाँच गर्दा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । 

उनीहरुको साथबाट नाइट्राभेट–१० दुई हजार ८ सय ८० ट्यावलेटर र ट्रामाडोल २९ हजार ट्याबलेट बरामद गरिएको छ । उक्त  ट्यावलेटर र ट्रामाडोलको बजार मूल्य ३ लाख ३८ हजार ४ सय ३ रुपैयाँ हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

पक्राउ पर्नेमा सर्लाही बरहथवा –७ का विक्रम चौधरी, सिन्धुली फिक्कल–६ का राहुल तामाङ र सिन्धुपाल्चोक ठूलोपाखर–६ का सफल श्रेष्ठ रहेका छन् । 

चौधरीलाई भिमानबाट नियन्त्रणमा लिएको हो भने श्रेष्ठ र तामाङलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । 

पक्राउ परेका तीनै जनालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ को (घ),(ङ) र (च) बमोजिमको कसुरमा र सोहि ऐनको दफा १४ (झ) बमोजिम सजाय हुने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । सिन्धुलीमा यस एक वर्षमा प्रहरीले लागुऔषध खैरो हिरोइन २ सय ३३ ग्राम, गाँजा २ सय ९२ केजी, ट्याव ३३ हजार १ सय २९, झोल पदार्थ ९४ बोतल बरामद गरेको छ । लागुऔषध मुद्दामा यस आर्थिक वर्षमा ४० वटा घटनामा ८१ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise