२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

सर्वोच्चमा प्रस्तावित ३ न्यायाधीशको सुनुवाइ सकियो

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १६:०१
सर्वोच्चमा प्रस्तावित ३ न्यायाधीशको सुनुवाइ सकियो

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सकिएको छ ।

यस्तै, न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो ।

समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो ।
प्रस्तावित न्यायाधीश पदका ३ सदस्य र न्याय परिषद्को प्रस्तावित १ सदस्यसहित चारै जनाको सुनवाइ सम्पन्न भएको र निर्णय अर्को बैठकबाट हुने समितिका सहसचवि निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरूले योग्यता, क्षमता, रुची, सोच र अवधारणा प्रस्तुत गरेका थिए । उनीहरूले संविधान, कानुनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, न्याय परिषद्का सदस्यले आफ्नो योग्यता, कार्यक्षमता, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानुनको सीमाभित्र रहेर न्यायसम्पादन गरिने विश्वास व्यक्त गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise